काठमाडौंको शान्त र आकर्षक क्षेत्र बानियाटार, सूर्यदर्शन हाइटमा एकतले सुन्दर घर बिक्रीमा आएको छ। शहरको भीडभाडबाट केही टाढा, तर सुविधाजनक पहुँचमा रहेको यो घर परिवार बसोबासका लागि उपयुक्त विकल्प हो। घरमा २ वटा शयनकक्ष, १ वटा बैठक कोठा, १ वटा आधुनिक किचन र १ वटा बाथरूम रहेको छ। साथसाथै, सानो गार्डेन र बाइक पार्किङको पनि व्यवस्था गरिएको छ।
१३ फिटे पिच सडकमा अबस्थित यस घरमा २४ सै घण्टा पानीको सुविधा उपलब्ध छ र आसपासको वातावरण शान्त, सुरक्षित र परिवारमैत्री छ। कुल जग्गा ३.५ आना रहेको यस घरको मूल्य रु. १ करोड ८५लाख रहेको छ।
यदि तपाईं आफ्नो परिवारका लागि शान्त, सुरक्षित र सुलभ स्थानमा घर खोज्दै हुनुहुन्छ भने, यो घर उत्कृष्ट विकल्प हुन सक्छ।
बाई सेल एण्ड इन्भेष्टमेन्ट प्रा.लि.मा सिधा सम्पर्क:९८५१४०२८८७