संसद् बहस, मौसम बदली र सेयर बजारमा सुधार

पर्तिनिधी  सभा मा आज बसेको बैठकमा आर्थिक अवस्था, बढ्दो महँगी र राजस्व संकलनको विषयमा चर्को बहस भएको छ। अर्थमन्त्रीले राजस्व संकलनमा दबाब भए पनि पूँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउने प्रयास भइरहेको बताएका छन्। प्रतिपक्षी दलहरूले भने खर्च व्यवस्थापन प्रभावकारी नभएको आरोप लगाएका छन्।

यता जल तथा मौसम विज्ञान विभागले देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी भेगमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ। बैंकिङ र जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। बजारमा क्रमशः सकारात्मक संकेत देखिन थालेको विश्लेषकहरूले बताएका छन्।

Recent Post

मिडियालाई संकटमा पार्ने खेलमा किन रमाउँदै छ सरकार ?

सातामा २ दिन बिदा लागू गर्दा १० प्रतिशत इन्धन बचत हुने, जोर–बिजोर प्रणालीको पनि सुझाव

निजी मिडियामाथि सरकारी विज्ञापन रोक्ने कार्यको सर्वत्र विरोध

राजस्व चुहावट नियन्त्रण कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

आजबाट एसईई सुरु : ५ लाख १० हजार परीक्षार्थी सहभागी