आँधी–हुरी र वर्षाले ठूलो क्षति, देशभर जनजीवन प्रभावित

देशका विभिन्न भागमा आएको आँधी–हुरीसहितको अविरल वर्षाले ठूलो भौतिक क्षति पुर्‍याएको छ। विशेषगरी काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा घरका छाना उड्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएका छन्। चितवन, बाराकैलाली लगायतका स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको छ।

प्रहरीका अनुसार हावाहुरीका कारण केही स्थानमा घाइतेसमेत भएका छन् भने कृषिबालीमा ठूलो क्षति पुगेको छ। किसानले लगाएको गहुँ, मकै र तरकारी बालीमा व्यापक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। सडक अवरोधका कारण यातायात सेवा प्रभावित हुँदा यात्रुहरू अलपत्र परेका छन्।

जल तथा मौसम विज्ञान विभागले अझ केही दिन मौसम खराब रहने सम्भावना औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय तह र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्।

Recent Post

मिडियालाई संकटमा पार्ने खेलमा किन रमाउँदै छ सरकार ?

सातामा २ दिन बिदा लागू गर्दा १० प्रतिशत इन्धन बचत हुने, जोर–बिजोर प्रणालीको पनि सुझाव

निजी मिडियामाथि सरकारी विज्ञापन रोक्ने कार्यको सर्वत्र विरोध

राजस्व चुहावट नियन्त्रण कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

आजबाट एसईई सुरु : ५ लाख १० हजार परीक्षार्थी सहभागी