धादिङ बस दुर्घटना : ९ जनाको सनाखत, २४ घाइते उपचाररत

धादिङ जिल्लामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरूको सनाखत भइसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य २४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बाँकी १० जनालाई कलंकीस्थित नेशनल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य तत्काल सञ्चालन गरिएको थियो। घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको बताइएको छ।

यस घटनापछि सडक सुरक्षाबारे पुनः प्रश्न उठेको छ। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Recent Post

मिडियालाई संकटमा पार्ने खेलमा किन रमाउँदै छ सरकार ?

सातामा २ दिन बिदा लागू गर्दा १० प्रतिशत इन्धन बचत हुने, जोर–बिजोर प्रणालीको पनि सुझाव

निजी मिडियामाथि सरकारी विज्ञापन रोक्ने कार्यको सर्वत्र विरोध

राजस्व चुहावट नियन्त्रण कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

आजबाट एसईई सुरु : ५ लाख १० हजार परीक्षार्थी सहभागी